PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

वीरगंज महानगरमा कांग्रेसले खोल्यो खाता, २ नम्बर वडाको वडाध्यक्षमा तेलीको प्यानल विजयी



पहिलोपोस्ट

वीरगंज महानगरमा कांग्रेसले खोल्यो खाता, २ नम्बर वडाको वडाध्यक्षमा तेलीको प्यानल विजयी

वीरगंज : वडा नम्बर २ मा जित निकाल्दै नेपाली कांग्रेसले वीरगंज महानगरपालिकामा खाता खोलेको छ।

कांग्रेसका महम्मद रेयाज मियाँ तेली प्यानलसहित विजयी भएका छन्। १ हजार १ सय २१ मतले तेली निर्वाचित हुँदा उनका निकटम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का शेष जलसोदिनले ८ सय ६७ मत ल्याएका छन्।

तेलीले जलसोदिनलाई २ सय ५४ मतले पराजित गरेका हुन्। नेकपा (एमाले)का मतलुन ठकुराईले ७ सय ७ मत प्राप्त गरेका छन्।

त्यसैगरी, महिला सदस्यमा कांग्रेसकी संगीता थापा भुजेलले ११५१, दलित महिला सदस्यमा रम्भा देवीले ११३३, खुल्ला सदस्यमा अब्दुल लतिम अन्सारी १०६० र बसिर मिया हजामले १०९८ मत ल्याई विजयी भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell