PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

नेपालका लागि भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त, चीनबारे राख्छन् विशेष दखल



पहिलोपोस्ट

नेपालका लागि भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त, चीनबारे राख्छन् विशेष दखल

काठमाडौं : भारत सरकारले नेपालका राजदूत पदमा नवीन श्रीवास्तवलाई नियुक्त गरेको छ। भारतीय विदेश मन्त्रालयको पूर्वी एसिया डिभिजनको प्रमुख रहेका उपसचिव श्रीवास्तवलाई नेपालको राजदूतमा नियुक्त गरेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।

दुई वर्ष अगाडि लद्दाख क्षेत्रमा लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)मा भारतीय र चिनियाँ सेनाबिच हिंसात्मक झडप भएपछि चीनसँग कुटनीतिक तथा सैन्य संवादका लागि महत्त्वपूर्ण भूमिका खेलेका श्रीवास्तवलाई नेपाल-भारतबिचको चिसिएको सम्बन्धलाई अगाडि बढाउने जिम्मेवारीसहित राजदूतमा सिफारिस गरिएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको भोलिपल्ट भारतले रिक्त रहेको राजदूतमा श्रीवास्तवलाई नियुक्त गरेको हो।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा भारतको विदेश सचिवमा बढुवा भएर गएपछि राजदूत पद खाली थियो।

श्रीवास्तव विशेषगरी भारतको विदेश मन्त्रालयको चीन, जापान, दक्षिण तथा उत्तर कोरिया मंगोलिया हेर्ने गरी बनेको पूर्वी एसियाली डिभिजनका प्रमुख हुन्। यसका अलवा उनी सीमा मामिलासम्बन्धि कार्यसंयन्त्रको भारत तर्फबाट नेतृत्व गर्दै आएका थिए।

उनी यसअघि चीनको सांघाईस्थित भारतीय महावाणिज्यदूतको रुपमा काम गरिसकेका छन्। पछिल्लो समय नेपालमा चिनियाँ प्रभाव विस्तार भइरहेको बुझेको भारतले चीन मामिलाका जानकारलाई नेपालको राजदूत बनाएर पठाउन लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell