PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एमालेका निवर्तमान प्रमुख र उपप्रमुखलाई हराउँदै पुतलीबजारमा कांग्रेसका तुलसीराम र देवी विजयी



पहिलोपोस्ट

एमालेका निवर्तमान प्रमुख र उपप्रमुखलाई हराउँदै पुतलीबजारमा कांग्रेसका तुलसीराम र देवी विजयी

पोखरा : स्याङजाको पुतलीबजार नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेस विजयी भएको छ। नगरपालिकाको प्रमुख पदमा १२ हजार ४ सय ९४ मत ल्याउँदै तुलसीराम रेग्मी विजयी हुँदा नेकपा (एमाले)की सिमा कुमारी क्षेत्रीले १० हजार ९० मत प्राप्त गरेकी छन्।

उपप्रमुखमा देवी अर्याल ११ हजार ७ सय ४८ मत ल्याउँदै विजयी हुँदा  एमालेका महेश पुरीले १० हजार ७ सय ६१ मत प्राप्त गरेका छन्। क्षेत्रीसँगै पुरी पनि पालिकाका निवर्तमान उपप्रमुख हुन्।

यस्तै, पुतलीबजारका १४ वटा वडामध्ये कांग्रेसले ९ वटा वडामा जित निकालेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell