PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

वीरगंजमा सरावगीभन्दा ५ हजार बढी मतले सिंह अगाडि



पहिलोपोस्ट

वीरगंजमा सरावगीभन्दा ५ हजार बढी मतले  सिंह अगाडि

वीरगंज : वीरगंज महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले ५ हजार बढी मतको अग्रता लिएका छन्। साँझ साढे ६ बजे सम्मको मतपरिणाम अनुसार वडा नम्बर १, २, ३, ४, ५, ६, २९, ३०, ३१, र ३२ को मतगणनामा सिंहले ९ हजार ५ सय मत ल्याएर अग्रता लिइरहेका छन्।

नेकपा (एमाले)का विजय कुमार सरावगीले ४ हजार २ सय ९० मत ल्याएका छन्। सिंह ५ हजार २ सय १० बढी मतको अग्रता लिएको निर्वाचन अधिकृतको कार्यालय वीरगंज महानगरपालिकाले जनाएको छ।

त्यसैगरी, मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार गिरिश गिरीले भने ३३८ मत मात्र पाएका छन्।

महानगरको उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार इम्तियाज आलम ६ हजार ४६७ मतका साथ अग्रस्थानमा छन्। उनलाई लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार पुरुषोत्तमलाल झाले १०५४ मतका साथ पछ्याइरहेका छन्।

स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले भने ७३६ मत र राप्रपाकी उपमेयर उम्मेदवार बिना जयसवाल कुर्मीले ५३२ मत पाएकी छन्।

अहिले वीरगंज महानगरको वडा नम्बर ३, ४, ५, ६, २८, २९ को मतगणना जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell