PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पछिल्लो मत परिणामः कुन दलले कति पालिका र वडाध्यक्ष जिते?



पहिलोपोस्ट

पछिल्लो मत परिणामः कुन दलले कति पालिका र वडाध्यक्ष जिते?

काठमाडौंः स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आउन थालेको छ। केही स्थानीय तहको मतगणना भइरहेको छ। अहिलेसम्म निर्वाचन आयोगले दिएको जानकारी अनुसार सबैभन्दा धेरै ठाउँमा नेपाली कांग्रेसले जीत हात पारेको छ। त्यस्तै सबैभन्दा धेरै ठाउँमा नेपाली कांग्रेसकै अग्रता देखिन्छ। त्यस्तै दोस्रो स्थानमा नेकपा (एमाले) र तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र) रहेको छ।

निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार प्रमुख पदमा नेपाली कांग्रेसले ७० ठाउँमा जीत हासिल गरेको छ। त्यस्तै ७० स्थानमा अग्रता बनाइरहेको छ। एमालेले पनि १९ ठाउँमा प्रमुख पदमा विजयी भइसकेको छ। ५५ पालिकाहरूमा अग्रता कायम राखेको छ। माओवादीले ८ वटा पालिकाको प्रमुखमा जीत निकालेको छ। १७ पालिकामा अगाडि माओवादी केन्द्र देखिको छ। एकीकृत समाजवादीले पनि १ वटा पालिका जितेको छ भने ९ वटामा अग्रता बनाएको छ।

अध्यक्ष पदमा पनि नेपाली कांग्रेस नै अगाडि देखिएको छ। १२० पालिकामा जीत निकाल्दा ६० ठाउँमा अग्रता बनाएको छ। एमालेले ७९ पालिकामा अध्यक्ष पदमा जित निकालेर ३८ स्थानमा अग्रता कायम गरिरहेको छ। माओवादी केन्द्रले अध्यक्षको पदमा ६७ स्थानमा जितेको छ भने ११ स्थानमा अग्रस्थानमा रहेको छ।

उपप्रमुख पदमा पनि नेपाली कांग्रेसले नै बढी स्थानमा जितेको आयोगले जानकारी दिएको छ। अहिलेसम्म कांग्रेसले ३० ठाउँमा जितेको छ भने ६० स्थानमा अग्रता बनाइ राखेको छ। एमालेले भने २२ ठाउँमा उपप्रमुख पदमा जितेर दोस्रो स्थानमा छ। ७१ स्थानमा एमाले अगाडि रहेको छ। माओवादी केन्द्रले पनि ११ पालिकामा जितेर २० स्थानमा अग्रता बनाइरहेको छ।

उपाध्यक्ष पदमा पनि नेपाली कांग्रेस नै अगाडि देखिएको छ। कांग्रेसले १२२ ठाउँमा जीत निकालेर ६३ स्थानमा अग्रता बनाइरहेको छ। एमालेले पनि ७३ स्थानमा जितेर ४३ स्थानमा अग्रता कायम गरेको छ। तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले पनि ६९ स्थानमा जित्दै १९ स्थानमा अग्रता कायमै राखेको छ।

वडाध्यक्षको पदमा पनि नेपाली कांग्रेस नै अगाडि देखिको छ। पछिल्लो मत परिणाम अनुसार एक हजार ७४१ वडाध्यक्ष जितेको छ भने एक सय स्थानमा अग्रता बनाएको छ। एमालेले पनि एक हजार ३४० स्थानमा वडाध्यक्ष जितेको छ। त्यस्तै एक सय ११ स्थानमा अगाडि देखिएको छ। माओवादी केन्द्रले पनि ७४७ स्थानमा जितेको छ। ३० वडा वडामा अग्रता कायम राखेको छ।

शनिबारदेखि भएको मतगणना महिला सदस्यको मत परिणामा पनि नेपाली कांग्रेस अगाडि देखिएको छ। महिला सदस्यमा १ हजार ७१८ महिला सदस्य कांग्रेसबाट बनिसकेका छन्। त्यस्तै १०५ ठाउँमा अग्रतामा रहेका छन्। एमालेबाट एक हजार ४४७ जना विजयी बनेका छन् भने ११६ ठाउँमा अग्रता कायम गरेको छ। माओवादी केन्द्रबाट पनि ६९६ जना विजयी बनेका छन्। ३१ जनाले अग्रता कायम गरेर अन्तिम मत परिणाम कायम गरिरहेका छन्। त्यस्तै दलित महिला सदस्य र सदस्यमा पनि नेपाली कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell