काठमाडौँः काठमाडौँ महानगरको प्रमुख पदमा स्वतन्त्रका उम्मेदवार बालेन्द्र साह (बालेन) ले आफ्नो अग्रता कायम राखेका छन्। पछिल्लो मतगणना अनुसार साहले ११ हजार ६४२ मत ल्याएका छन्। त्यस्तै नेकपा (एमाले) का उम्मेदवार केशव स्थापतिले ६ हजार ४६७ मत ल्याउँदै दोस्रो स्थानमा छन्। नेपाली कांग्रेसकी उम्मेदवार सृजना सिंहले ५ हजार ६४२ मत ल्याएकी हुन्। शनिबार बिहान मतगणना सुरु भएदेखि नै साह अग्रस्थानमा छन्।
उपमेयरमा एमालेकी उम्मेद्वार सुनिता ढंगोलले आफ्नो अग्रता झनै बढाएकी छिन्। उनले अहिलेसम्म १२ हजार ६१ मत प्राप्त गरेकी छिन्। गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले ३ सय ६६३ मत ल्याएका छन्।
अहिले महानगरको ३२ वडा मध्ये ३,४,५,६,२९,३०,३१ र ३२ को मतगणना भइरहेको छ। अहिलेसम्म ३० हजार ८३९ मतगणना भइसकेको छ। जसमा १ हजार ९६ मत बदर भएको छ।