PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

रुपन्देहीको कन्चनमा नेपाली कांग्रेसका ढकाल विजयी



पहिलोपोस्ट

रुपन्देहीको कन्चनमा नेपाली कांग्रेसका ढकाल विजयी

बुटवल: रुपन्देहीको कन्चन गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

अध्यक्षमा नेकपा एमालेका दिनानाथ आचार्यलाई पराजित गर्दै कांग्रेसका नवराज ढकाल विजयी भएका हुन्। ढकालले नौ हजार ८५ मत प्राप्त गरेका छन् भने आचार्यले सात हजार ८४५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

यसैगरी उपाध्यक्षमा पनि कांग्रेसकै मौसमी थापा मगर विजयी भएकी छन्। उनले नौ हजार १९४ मत ल्याइ विजयी भएकी हुन्। उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी ओमकली रहाडीले सात हजार ६९९ मत प्राप्त गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell