PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

काठमाडौंको शङ्खरापुर पछि झापाको हल्दिबारीमा राप्रपाको दोस्रो जित



पहिलोपोस्ट

काठमाडौंको शङ्खरापुर पछि झापाको हल्दिबारीमा राप्रपाको दोस्रो जित

झापा : हिजो काठमाडौंको शङ्खरापुर नगरपालिकामा जित निकालेर खाता खोलेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले झापामा दोस्रो जित आफ्नो पोल्टोमा पारेको छ।

हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाका रवीन्द्र लिङ्देनले जित निकालेका हुन्। उनी यसअघ पनि सोही गाउँपालिकामा अध्यक्ष थिए। एमालेका डम्बर गिरीलाई एक हजार १९० ले पछि पार्दै राप्रपाको दोस्रो जित भएको हो।

लिङ्देनले ६ हजार ८५६ मत प्राप्त गरे।  एमालेका गरीले ४ हजार ६६६ मत ल्याए। कांग्रेसका तुलसीप्रसाद ओलीले दुई हजार ७५८ र माओवादी केन्द्रका भवानीप्रसाद दङ्गालले एक हजार १४९ मत ल्याए।

पालिकाको उपाध्यक्षमा राप्रपाकी लक्ष्मीदेवी मैनाली नै निर्वाचित भएकी छिन्। मैनालीले पाँच हजार ७८ मत ल्याउँदा उनका एमालेका शान्तादेवी गौतमले चार हजार १०६ मत ल्याइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell