PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

पर्साको जिराभवानीमा अध्यक्ष र उपाध्यक्ष दुबै कांग्रेसका उम्मेदवार निर्वाचित



राधेश्याम पटेल

पर्साको जिराभवानीमा अध्यक्ष र उपाध्यक्ष दुबै कांग्रेसका उम्मेदवार निर्वाचित

वीरगंज : पर्साको जिराभवानी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका अनोज चौधरी निर्वाचित भएका छन्। नेकपा एमालेका निवर्तमान अध्यक्ष रामप्रित महतोलाई १ हजार २ सय ६१ मतको फराकिलो मतान्तरले पराजित गर्दै चौधरी निर्वाचित भएका हुन्।

चौधरीले ४ हजार ५ सय ६० मत पाएका छन् भने महतोले ३ हजार २ सय ९९ मत पाएका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालका विकाउप्रसाद भण्डारी थारु १ हजार ६५ मत र नेकपा माओवादी केन्द्रका जयनारायण प्रसाद चौधरी १ हजार ६५ मत पाएका छन्।

उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी रेखा चौधरी विजयी भएकी छिन्। उनले नेकपा एमालेकी निवर्तमान उपाध्यक्ष उशादेवी थरुनीलाई १ हजार ७ सय ४५ मतको फराकिलो अन्तरले रेखा चौधरी उपाध्यक्षमा निर्वाचित भएकी हुन्।

जसपाकी बिन्दुदेवी थरुनी १ हजार ४ सय २८, माओवादी केन्द्रकी उम्मेदवार ८ सय १४ मत र नेकपा (एकीकृत समाजवादी) की सबरुन नेसाले १ सय २७ मत पाएको निर्वाचन अधिकृत झविन्द्रप्रसाद पाण्डेले जानकारी दिए।

पाण्डेका अनुसार गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका रामशरण खवास थारु (१२८८), वडा नम्बर २ मा एमालेका महादेव महतो थारु (८७७), ३ मा नेपाली कांग्रेसका सुरुज राय थारु (९६४), ४ मा कांग्रेसकै राजेश्वर दास थारु र ५ मा पनि कांग्रेसकै दारा सिंह राउत थारु (९१०) निर्वाचित भएका छन्।

को हुन् अध्यक्षमा निर्वाचित चौधरी?

चौधरी पूर्व गाविस अध्यक्ष स्वर्गीय महादेव महतोका छोरा हुन्। पूर्व फर्मासिस्ट चौधरी आफ्ना बुवाको सपनालाई सार्थक बनाउन नेसनल हेल्थ केयरको जागिर छोडेर राजनीतिमा प्रवेश गरेका हुन्।

मास्टर इन फार्मेसी गरेका उनी बुवाको सपना साकार गर्न जागिर छाडेर राजनीतिमा आएको बताउँछन्।

चौधरीले सिंचाई व्यवस्थापन गरी कृषि क्रान्ति ल्याउने, इन्धन मूल्यवृद्धिको कारण गाउँपालिका भरी विद्युतीय प्रणालीका सबै सुविधा उपलब्ध गराउन उनी प्रतिबद्धता जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell