PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

काठमाडौंमा बालेन जबरजस्त बलियो हुँदा ललितपुरमा चिरिबाबु पनि दमदार पोजिसनमा



पहिलोपोस्ट

काठमाडौंमा बालेन जबरजस्त बलियो हुँदा ललितपुरमा चिरिबाबु पनि दमदार पोजिसनमा

काठमाडौः काठमाडौं महानगरपालिकको पछिल्लो मतगणनाअनुसार प्रमुखमा स्वतन्त्रका उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रता बनाइरहेका छन्।

३८ हजार ७ सय ४३ मत गणना गर्दा साहले १४ हजार ७ सय ४३ मत प्राप्त गरेका हुन्। साहले मतगणना भएदेखि नै अग्रता कायम गरिरहेका छन्। त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ७ हजार ९ सय ३० मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसकी उम्मेद्वार सृजना सिंहले पनि ७ हजार ७२ मत प्राप्त गरेकी हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मदनदाश श्रेष्ठले १ हजार ३ सय १८ मत ल्याएका छन्।

उता उपप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार सुनिता डंगोलले १४ हजार ६ सय ८४ मत प्राप्त गरेकी छिन्। उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ४ हजार ५ सय ४८ मत मात्र पाएका छन्।

अहिलेसम्म १ हजार ४ सय २६ मत बदर भएको छ। महानगरका ३२ वडा मध्ये १, २, ३ र ५ को अन्तिम मत परिणाम आइसकेको छ। अहिले राष्ट्रियसभा गृहमा वडा नम्बर ४, ६,७,२८,२९, ३०,३१ र ३२ वडाको मत गणना जारी रहेको छ।

अहिलेसम्म देशभरका ६ वटा महानगरपालिका कतैको पनि अन्तिम मत परिणाम आइसकेको छैन। भरतपुरमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल, विराटनगरमा नेपाली कांग्रेसका नागेश कोइराला, ललितपुरमा नेपाली कांग्रसका चिरिबाबु महर्जन, पोखरमा एकिकृत समाजवादीका धनराज आचार्य र वीरगंजमा राजेशमान सिंह अगाडि रहेका छन्।

अहिलेकै रफ्तारमा मतगणना भइरहे अन्तिम मतपरिणाम आउन अझै एक साता लाग्ने देखिन्छ। काठमाडौंमा ३ लाख मतदातमध्ये ६३ प्रतिशत मत खसेको छ। जसमा अहिलेसम्म ३६ हजार मतमात्र गणना भएको छ।

ललितपुरमा कांग्रेसका चिरिबाबु महर्जनले ११ हजार ९२० मत हासिल गर्दा एमालेका हरिकृष्ण व्यञ्जनकारले ५ हजार ५७० मत हासिल गरेका छन्। महानगरमा मत अन्तरमा चिरिबाबु सबैभन्दा अग्रस्तानमा छन्। उनले निकटतम प्रतिद्वन्द्वीलाई ६ हजार ३५० मतले पछि पारेका छन्। 

वीरगंजमा ११ हजार ९९५ मत सहित राजेशमान सिंह अग्रस्थानमा छन्। उनलाई पछ्याइरहेका नेकपा एमालेका विजयकुमार सरावगीले ५ हजार ६३५ मत ल्याएका छन्। विराटनगरमा नागेश कोइरालाले १२ हजार ६७२ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका एमालेका सागरकुमार थापाले ९ हजार ५७१ मत ल्याएका छन्।

सबैभन्दा महत्वका साथ हेरिएको भरतपुर महानगरपालिकामा ९ हजार ८०१ मतका साथ रेनु दाहाल अग्रस्थानमा छिन्। उनलाई नेकपा एमालेका विजय सुवेदीले पछ्याइरहेका छन्। सुवेदीको खातामा ८ हजार १८१ मत परेको छ। नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ५०४ मत ल्याउँदा पनि रेनुको अग्रता कायमै छ।

गठबन्धनबाट पोखरा महानगरपालिकामा मेयरको प्रत्यासी रहेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले १४ हजार ३६२ मत ल्याएका छन्। उनलाई नेकपा एमालेका कृष्णबहादुर थापाले पछ्याइरहेका छन्। थापाले १२ हजार ५ सय १७ मत ल्याएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell