PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टीका वीरेन्द्र माझी विजयी



पहिलोपोस्ट

हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टीका वीरेन्द्र माझी विजयी

जनकपुरधाम : सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा जित निकाल्दै जनमत पार्टीले खाता खोलेको छ।

जनमत पार्टीका वीरेन्द्र माझी ६४०७ मत ल्याउँदै नगरप्रमुखमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका शैलेश कुमार साह ६२४६ मत ल्याएका हुन्।

निवर्तमान नगरप्रमुख समेत रहेका साहलाई माझीले १६१ मतको अन्तरले पराजित गरेका हुन्। साह मधेश प्रदेशको सामाजिक विकास मन्त्री नवल किशोरका छोरा हुन्।

त्यस्तै, उपप्रमुखमा जसपाकी सरिता देवी यादव सिपालिया ६५१२ मत ल्याएर निर्वाचित भएकी छन्। उनको निकटतम प्रतिद्वन्द्वी जनमतकी रेखादेवी मण्डलले ५९८२ मत ल्याएकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell