
बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिका प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले)ले फराकिलो अग्रता लिएको छ। प्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार खेलराज पाण्डे एमालेका बाबुराम भट्टराई भन्दा चार हजार ५५० मतले अगाडि छन्।
कांग्रेसका पाण्डेले १३ हजार ६०३ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका भट्टराईले ९ हजार ८० मत पाएका छन्। राप्रपाका मृगेन्द्र शेरचनले दुई हजार २८५ मत प्राप्त गरेका छन्।
उपप्रमुखमा एमालेका उम्मेदवार सावित्रीदेवी अर्याल एकीकृत समाजवादीका चिनबहादुर गुरुङ भन्दा दुई हजार ६३५ मतले अगाडि छिन्। अर्यालले ९ हजार ६०६ मत ल्याउँदा उनका प्रतिस्पर्धी गुरुङले छ हजार ९७१ मत पाएका छन्।
अहिलेसम्म बुटवलका १९ वडामध्ये १२ वटा वडाको मत गणना सकिएको छ। जसमध्ये गठबन्धनले ९ वटा वडा जितेको छ। एमालेले २ वटा र स्वतन्त्र उमेदवारले एक वडा जितेका छन्।
बुटवलमा ६२ हजार ९७५ मत खसेको थियो। त्यसमध्ये अहिलेसम्म २७ हजार ५५७ मत मात्र गनेर सकिएको छ।
कुन वडामा कसले जिते?
वडा नम्बर १ - नरेन्द्र बस्नेत (स्वतन्त्र उम्मेदवार)
वडा नम्बर २ - सुनिल शाक्य (नेकपा एकीकृत समाजवादी)
वडा नम्बर ३ - विष्णु ढकाल (नेकपा माओवादी केन्द्र)
वडा नम्बर ४ - नरिश्वर शर्मा पौडेल (नेपाली कांग्रेस)
वडा नम्बर ५ - हरि प्रसाद श्रेष्ठ (नेपाली कांग्रेस)
वडा नम्बर ६ - लोकनाथ न्यौपाने (नेपाली कांग्रेस)
वडा नम्बर ७ - पदम गाहा (नेपाली कांग्रेस)
वडा नम्बर १५ - शिव राना (नेपाली कांग्रेस)
वडा नम्बर १६ - कृष्ण प्रसाद पौडेल (नेपाली कांग्रेस)
वडा नम्बर १७ - ज्ञानबहादुर रेस्मी (नेपाली कांग्रेस)
वडा नम्बर १८ - गुरुप्रसाद पंगेनी (नेकपा एमाले)
वडा नम्बर १९ - चन्द्रसिंह थापा (नेकपा एमाले)
२०७४ को निर्वाचनमा भने बुटवल उपमहानगरपालिकामा प्रमुख, उपप्रमुखसहित १७ वडामा एमालेले जितेको थियो। कांग्रेसले २ वडा मात्र जितेको थियो।