PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

जनकपुरधाममा मनोजको अग्रता कायमै, गठबन्धनको ‘छाता’ भन्दा ‘आँप’लाई बढी मत



पहिलोपोस्ट

जनकपुरधाममा मनोजको अग्रता कायमै, गठबन्धनको ‘छाता’ भन्दा ‘आँप’लाई बढी मत

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता कायमै रहेको छ। ताजा मत परिणाम अनुसार मनोज (घण्टाघर)ले ४ हजार ७३ मत ल्याएर अग्रता कायम राखेका छन्।

उनलाई नेकपा (एमाले)का शिवशंकर साह ‘हीरा’ले २ हजार १७८ मत ल्याएर पछ्याइरहेका छन्। त्यस्तै, स्वतन्त्र उम्मेदवार बलराम महतो (आँप)ले १ हजार २१० मत ल्याएका छन्।

गठबन्धनबाट उम्मेदवार बनेका लाल किशोर साह (छाता) ले भने ९१८ मत ल्याएका छन्। साह निवर्तमान मेयर समेत हुन्।

उपमेयरमा भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका किशोरी साहले ४ हजार ३४८, एमालेकी रूणा झाले २ हजार ३५८ र स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले १ हजार ४२५ मत ल्याएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell