PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

हेटौँडामा मिना लामाको अग्रता कायमै, पछ्याउँदै राप्रपाका दीपक



पहिलोपोस्ट

हेटौँडामा मिना लामाको अग्रता कायमै, पछ्याउँदै राप्रपाका दीपक

हेटौँडा : स्थानीय तह निर्वाचन २०७९ को मतगणना जारी रहेको छ। हेटौँडा उपमहानगरपालिकाको हालसम्म ३७ हजार ९९४ मत गणना भएको छ।

जसमा मेयर पदमा सत्तारुढ गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)की मिना कुमारी लामाले अग्रता लिइरहेकी छिन्।

उनले ११ हजार ८७९ मत ल्याउँदा प्रतिस्पर्धी राप्रपाका दीपक बहादुर सिंहले ११ हजार ४५ मत ल्याएका छन्।

मिनाले दीपकलाई ८३४ मतले पछाडि पारेकी छिन्। यस्तै, नेकपा (एमाले)का अनन्त प्रसाद पौडेलले १० हजार ७४४ मत ल्याएका छन्।

त्यस्तै, उपमेयर पदमा गठबन्धनको तर्फबाट कांग्रेसका राजेश बानियाँले १६ हजार ९६७ मत प्राप्त गरेका छन्। उनलाई पछ्याउँदै एमालेकी सुमित्रा काफ्लेले ११ हजार ८९५ मत पाएकी छिन्। राप्रपाकी इन्दिरा डल्लाकोटीले २ हजार ७७८ मत प्राप्त गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell