PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

महोत्तरी गाउँपालिकाको अध्यक्षमा तमलोपा र उपाध्यक्षमा जसपा विजयी



पहिलोपोस्ट

महोत्तरी गाउँपालिकाको अध्यक्षमा तमलोपा र उपाध्यक्षमा जसपा विजयी

जनकपुरधाम : महोत्तरीको महोत्तरी गाउँपालिकामा तराई मधेश लोकतान्त्रिक पार्टी अध्यक्ष र जनता समाजवादी पार्टी उपाध्यक्षमा निर्वाचित भएको छ।

बुधवार आएको मत परिणाम अनुसार गाउँपालिका अध्यक्षमा तमलोपाका दिलीप कुमार पाण्डे निर्वाचित भएका हुन्। उनले २ हजार ३३६ मत ल्याएका हुन् भने उनको निकटतम प्रतिद्वन्दी जसपाका अजय जंग रायले २ हजार २०८ मत ल्याए।

यस्तै, उपाध्यक्षमा जसपाकी दिपो देवी पासवान निर्वाचित भएकी छन्। उनले २ हजार ६४ मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्दी तमलोपाका ललिता देवी साहले १ हजार ९९१ मत ल्याइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell