PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मुख्य प्रशिक्षक र खेलाडीबिचको विवादबारे छानबिन समितिले एन्फालाई बुझायो प्रतिवेदन



पहिलोपोस्ट

मुख्य प्रशिक्षक र खेलाडीबिचको विवादबारे छानबिन समितिले एन्फालाई बुझायो प्रतिवेदन

काठमाडौं : मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबिचको विवाद छानबिन गर्न बनेको समितिले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई प्रतिवेदन बुझाएको छ।

एन्फाले बैशाख २५ गते आर्मीका पूर्व उपरथी तथा पूर्व खेलाडी भिक्टर राणाको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय समितिले आज २८ पृष्ठ लामो प्रतिवेदन बुझाएको हो।

एन्फा महासचिव इन्द्रमान तुलाधरले प्रतिवेदन ग्रहण गरेका छन्। तुलाधरले प्रतिवेदनको अध्ययन गर्ने र आवश्यक कदम चाल्ने बताए। प्रतिवेदन अध्ययन गरेर निष्कर्षमा पुग्ने उनको भनाइ थियो।

समितिमा पूर्व खेलाडी बिदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दिपक थापा पनि थिए। समितिलाई एन्फाले एक सातामा विवादको सत्यतथ्य सहित छानबिन गरेर प्रतिवेदन पेश गर्ने निर्देशन दिएको थियो।

एएफसी एसियन कप छनोटको तयारीमा रहेका १० खेलाडीले मुख्य प्रशिक्षक अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै बैशाख १३ गते बन्द प्रशिक्षण छाडेका थिए। क्याम्प छाडेका खेलाडीले होटल सुविधाको माग राख्दा प्रशिक्षक अलमुताईरीले पटक-पटक क्याम्प छाडेर जान भनेपछि आफूहरु बाध्य भएर प्रशिक्षण छाडेको बताउँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell