PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

चन्द्रनगर गाउँपालिका अध्यक्षमा कांग्रेसका राजकुमार विजयी, उपाध्यक्षमा माओवादी केन्द्रकी गीतादेवी



पहिलोपोस्ट

चन्द्रनगर गाउँपालिका अध्यक्षमा कांग्रेसका राजकुमार विजयी, उपाध्यक्षमा माओवादी केन्द्रकी गीतादेवी

जनकपुरधाम : सर्लाहीको चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार महतो विजयी भएका छन्। महतो ३९९५ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्।

उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार लोकेन्द्र मुखियालाई ४५९ मतान्तरले पराजित गरेका हुन्। पराजित लोकेन्द्र मुखियाले ३५३६ मत ल्याएका छन्।

त्यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रकी गीता देवी महतो निर्वाचित भएकी छिन्। उनी ३ हजार ८६० मत ल्याएर उपाध्यक्षमा विजयी भएकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मंजु देवीले २ हजार ९५८ मत पाएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell