PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

काठमाडौं महानगरपालिकामा उपप्रमुखमा सुनिता डंगोलको मतान्तर १० हजार माथि



पहिलोपोस्ट

काठमाडौं महानगरपालिकामा उपप्रमुखमा सुनिता डंगोलको मतान्तर १० हजार माथि

काठमाडौं : काठमाडौं महानगरपालिकामा उपप्रमुख पदमा सुनिता डंगोलले आफ्नो मतान्तर बढाउँदै गएकी छिन्।

उनी निकटतम् प्रतिद्वन्द्वीभन्दा १० हजार मतन्तरले अगाडि छिन्। पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेबाट उम्मेदवारी दिएकी सुनिताले १४ हजार ७ सय १७ मत ल्याएकी हुन्। उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ४ हजार ६ सय ५२ मतमात्र पाएका छन्।

सभागृहको भवनमा भइरहेको मतगणनामा अहिलेसम्म ३९ हजार ६ सय २३ मत गणना भइरहेको छ। त्यस्तै, प्रमुख पदमा स्वतन्त्रका उम्मेदवार बालेन्द्र साह (बालेन)ले  १५ हजार ५० मत ल्याएका छन्। एमालेका उम्मेद्वार केशव स्थापित साहभन्दा ७ हजार मतले पछाडि रहेका छन्। स्थापितले ८ हजार ७२ मत ल्याएका छन्। त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सृजना सिंहले ७ हजार २ सय ६३ मत ल्याएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell