
वीरगंज : पर्साको कालिकामाई गाउँपालिकामा २१ वर्षीय युवक अध्यक्षमा निर्वाचित भएका छन्। जसपाका उम्मेदवार वशिष्ट कुमार कलवार ११४ मतले विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांगेसका अजय कुमारले ३६०५ मत पाउँदा कलवारले ३७१९ मत ल्याएर अध्यक्षमा विजयी भएका छन्।
त्यसैगरी, उपाध्यक्षमा कांग्रेसकी राजमती बरैनी ३९६१ मत ल्याई विजयी भएकी छन्। जसपाकी सहानी खातुनले ३८३४ मत ल्याइन्।
यसैगरी, गाउँपालिकाका वडा नम्बर १ मा जसपाका लालबाबु राउत बरै (१४१८), २ मा एमालेका सोनालाल प्रसाद चौरसिया (५७२), ३ मा जसपाका संजय कुमार पटेल (६५०), ४ मा काग्रेसका सन्जय कुमार साह (७६९) र ५ नम्बर वडामा जसपाका जयनारायण प्रसाद कुर्मी (७६६ मत) वडा अध्यक्षमा विजयी भएका छन्।
पर्सामा जसपाले यो दोस्रो पालिका जितेको हो। यसअघि गएराति जसपाले धोबिनीमा विजय हासिल गरेको थियो।