
वीरगंज : पर्साको पश्चिमी भेगको धोबीनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी नेपाल (जसपा)का मदन चौहान विजयी भएका छन्।
उनी ३०९१ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बशीष्ट नारायण प्रसाद कुर्मीले ३०७१ मत ल्याए।
उपाध्यक्षमा कांगेसकी मंजु देवीले ३१४३ मत ल्याई विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी प्रियंकादेवी यादवले २५७७ मत पाइन्।
धोबीनीको १ नम्बर वडामा काग्रेसका बन्धु सा तेली (५७४), २ नम्बरमा जसपाका देवेन्द्र प्रसाद कुर्मीले (८७५), ३ नम्बरमा कांग्रेसका राजकिशोर प्रसाद कुर्मीले (५७०) मत, ४ नम्बरमा कांग्रेसका अबास मियाँ चुरिहारले (७१०) र वडा नम्बर ५ मा जसपाका मनौवर अहमदले (८६०) मत ल्याई वडाध्यक्षमा विजयी भएका छन्।