PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

बुटवलमा प्रेसर कुकर बम बिस्फोट गराउने ३ जना पक्राउ



पहिलोपोस्ट

बुटवलमा प्रेसर कुकर बम बिस्फोट गराउने ३ जना पक्राउ

बुटवल : रुपन्देहीको बुटवलमा प्रेसर कुकर बम बिस्फोट गराउने ३ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

गत बैशाख २८ गते साँझ बुटवल-९ मिलनचोकस्थित आकासे पुल नजिकै प्रेसर कुकर बम बिस्फोट गराउने नेकपाका ३ जनालाई प्रहरीले आज सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले स्थानीय चुनावलाई प्रभावित पार्न बैशाख २८ गते साँझ ८:१० बजेको समयमा नेकपाको समुहले नै योजनाबद्ध रुपमा बिस्पोट गराएको जानकारी दिए।

उनीहरुलाई बुटवलको नयाँगाउँबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेहरुमा नेकपाका केन्द्रीय महासचिव सुरेश खनाल, केन्द्रीय सदस्य फणिन्द्र गरतौला, गोर्खा जिल्ला इन्चार्ज शुक्रकुमार श्रेष्ठ रहेका छन्।

प्रहरीले घटना स्थलबाट तीनवटा मोटरसाइकल, दुई वटा कुकर, तीन वटा मोबाइल, बम बनाउन प्रयोग गरिने केही सामाग्री समेत बरामद गरेको थियो।

उनीहरुमाथि मुलुकी अपराध संहिता २०७४ को परिछेद् ७ बिस्पोटक पदार्थसम्बन्धि कसुरमा मुद्दा दायर गरी थप अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ। उक्त घटनामा मानवीय क्षति भने भएको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell