
वीरगंज : पर्साका ठोरीको गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)ले विजय हासिल गरेको छ।
नेकपा (माओवादी केन्द्र)का निवर्तमान गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठलाई ७२० मतले पराजित गर्दै एमालेका लालबहादुर श्रेष्ठ विजयी भएका छन्। लालबहादुरले ४०४९ मत ल्याउँदा पदमलालले ३३२९ मत ल्याएका छन्।
त्यसैगरी, उपाध्यक्षमा पनि एमालेकी गोकुली कुमारी रेग्मीले ४२५९ मत ल्याई निर्वाचित भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी निरु तामाङले ३०४३ मत पाइन्।
त्यसैगरी, ठोरीको १ नम्बर वडामा एमालेका धनमान तमाङले (६५१), २ नम्बरमा नेपाली कांग्रेसका अमृतकृष्ण सापकोटा (६२३), ३ नम्बरमा एमालेका राम खडका (९०८), ४ नम्बर वडामा एमालेका मानबहादुर थिङ (११२१) र ५ मा माओवादी केन्द्रका अष्टबहादुर लोप्चन (८३५) वडाध्यक्षमा विजयी भएका छन्।