PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

वालिङ नगरपालिकामा कांग्रेसका निवर्तमान प्रमुखलाई हराउँदै एमालेका कृष्ण खाँण विजयी



पहिलोपोस्ट

वालिङ नगरपालिकामा कांग्रेसका निवर्तमान प्रमुखलाई हराउँदै एमालेका कृष्ण खाँण विजयी

पोखरा : स्याङजाको वालिङ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का कृष्ण खाँण विजयी भएका छन्।

खाँणले १३ हजार ७ सय ७६ मत ल्याएर निर्वाचित हुँदा निर्वतमान प्रमुख समेत रहेका नेपाली कांग्रेसका दिलीप प्रताप खाँणले ११ हजार ५ सय ९३ मत ल्याएका छन्।

प्रमुखमा एमाले विजयी हुँदा उपप्रमुखमा भने कांग्रेसकी कविता तिवारी गैह्रे निर्वाचित भएकी छिन्। उनले १२ हजार ८ सय २२ मत ल्याउँदा एमालेकी खगिसरा थापाले १२ हजार ३ सय ४० मत पाएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell