
पोखरा : स्याङजाको चापाकोट नगरपालिकामा नेपाली कांग्रेसका देवबहादुर खाँण विजयी भएका छन्। खाँणले ७ हजार ९ सय ९० मत ल्याउँदा नेकपा (एमाले)का राजु कोइरालाले ६ हजार ५ सय ५५ मत ल्याएका छन्।
यस्तै, उपप्रमुखमा कांग्रेसकी इशा रानाले ७ हजार ४ सय १३ मत ल्याएर विजयी हुँदा एमालेकी सृष्टि मल्लले ६ हजार ३ सय ७६ मत ल्याएकी छिन्।