PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

रुपन्देहीको देवदह नगरपालिकामा एमालेका खरेल र गुरुङ विजयी



पहिलोपोस्ट

रुपन्देहीको देवदह नगरपालिकामा एमालेका खरेल र गुरुङ विजयी

बुटवल : रुपन्देहीको देवदह नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन्।

नगर प्रमुखमा एमालेका ध्रुवप्रसाद खरेल निर्वाचित भएका हुन्। खरेलले गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार हीरा खत्रीलाई एक हजार ६२० मतान्तरले पराजित गरेका छन्।

खरेलले १२ हजार ९४३ मत पाउँदा खत्रीले ११ हजार ३२३ मत ल्याए। खत्री २०७४ सालको निर्वाचनमा एमालेका टीकाराम चापागाईलाई पराजित गरी नगर प्रमुखमा निर्वाचित भएका थिए। उनी नेपाली कांग्रेसका जिल्ला सचिव समेत हुन्।

त्यसैगरी, उपप्रमुखमा एमालेकै विद्यालक्ष्मी गुरुङ निर्वाचित भएकी छन्। गुरुङले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की सुन्दरी गिरीलाई ६ हजार ४९४ मतान्तरले पराजित गरेकी छन्।

४८ हजार २९१ मत खसेकोमा गुरुङले १३ हजार ७८४ मत पाउँदा गिरीले सात हजार २९० मत पाइन्। गुरुङ २०७४ सालमा पनि उपप्रमुखमा निर्वाचित भएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell