PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

रौतहटको गौर नगरपालिका प्रमुख र उपप्रमुखमा एकीकृत समाजवादी विजयी



पहिलोपोस्ट

रौतहटको गौर नगरपालिका प्रमुख र उपप्रमुखमा एकीकृत समाजवादी विजयी

वीरगंज : रौतहटको गौर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। एकीकृत समाजवादीका उम्मेदवार शम्भु साहले निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका अजय गुप्तालाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन्।

साहले ६ हजार ३८१ मत प्राप्त गर्दा गुप्ताले ३ हजार ७५५ मत ल्याए। नेपाली कांग्रेसका उम्मेदवार मोहनकुमार यादवले ३ हजार २११ मत पाए।

यस्तै, उपप्रमुखमा एकीकृत समाजवादीकी शैल कुमारी साह निर्वाचित भएकी छिन्। उनी ४ हजार ८०९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी शाहजान खातुनले ३ हजार ६८५ मत ल्याइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell