PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

सात वडाको गणना सकिँदा विराटनगरमा नागेशको अग्रता कायमै, कसको कति मत?



पहिलोपोस्ट

सात वडाको गणना सकिँदा विराटनगरमा नागेशको अग्रता कायमै, कसको कति मत?

विराटनगरः विराटनगर महानगरपालिकामा ४८ हजार २०९ मतको गणना गर्दा नेपाली काङ्ग्रेसका प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले आफ्नो अग्रता कायम राखेका छन्।

अपराह्न ६ बजे गरिएको घोषणामा कोइरालाले १५ हजार ४३० मत ल्याएका छन्। त्यस्तै एमालेका सागर थापाको ११ हजार ४९३ मत छ। प्रमुख पदमै स्वतन्त्र उम्मेदवार उमेश यादवले ४ हजार ८०७ मत प्राप्त गरेका छन्।

त्यस्तै उपप्रमुख पदमा एमालेका शिल्पा निराला कार्कीले १३ हजार १७९ मत ल्याएर अगाडि छिन्। उनलाई गठबन्धनका अमरेन्द्र यादवले ७ हजार ९४६ मतले पछ्याइरहेका छन्। त्यस्तै राप्रपाका विन्दाकुमारी लुइँटेल आचार्यले ३ हजार ७७९ मत प्राप्त गरेकी छन्।

विराटनगर महानगरपालिकाका १९ वटा वडामध्ये ७ वटाको मतगणना भइसकेको छ। जसमा १, २ र १९ नम्बरमा एमालेका उम्मेदवार वियजी भएका छन्। वडा नम्बर १६ मा ने काङ्ग्रेस, १७ मा जसपा, १८ मा स्वतन्त्र र १३ मा राप्रपाले वडाध्यक्ष जितेको छ। 

महानगरका एक लाख ३३ हजार १४२ मतदातामध्ये ८९ हजार ७८९ ले मतदान गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell