PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

पोखराको प्रमुखमा धनराज आचार्य दुई हजार मतले अगाडि, उपप्रमुखको मतान्तर १०२



पहिलोपोस्ट

पोखराको प्रमुखमा धनराज आचार्य दुई हजार मतले अगाडि, उपप्रमुखको मतान्तर १०२

पोखरा : पोखरा महानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा गठबन्धनको अग्रता कायमै छ।

४१ हजार ४२३ मतगणना गर्दा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार धनराज आचार्यले १७ हजार २४२ मत ल्याएका छन् भने नेकपा (एमाले)का कृष्ण बहादुर थापाले १५ हजार २१० मत ल्याएका छन्।

प्रमुखमा राप्रपाका शंकर खरालले १ हजार ६ सय ९८ ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ९२९ पाएका छन्।

उपप्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटले १७ हजार ३४१ मत ल्याउँदा एमालेकी मञ्जु देवी गुरुङले १७ हजार ४४३ ल्याएकी छिन्। यस्तै, उपप्रमुखमा राप्रपाकी रन्जना सेन पौडेलले १ हजार ४ सय ७२ मत ल्याएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell