PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

देवानगञ्जको अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी



रासस

देवानगञ्जको अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

इनरुवा : सुनसरीको देवानगञ्ज गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार बेचन प्रसाद मेहता विजयी भएका छन्।

मेहताले ६ हजार ८७४ मत प्राप्त गरेका छन्। पराजित भएका नेपाली कांग्रेसका उम्मेदवार श्यामलाल मेहताले ६ हजार ३५८ मत पाए।

उपाध्यक्षतर्फ कांग्रेसकी उम्मेदवार कुमारी विभा यादव विजयी भएकी छन्। यादवले ६ हजार ११२ मत ल्याउँदा पराजित जसपाकी आशमनी कुमारी यादवले ६ हजार ९७ मत ल्याइन्।

सातवटा वडा रहेको देवानगञ्जमा जसपाले चार वडामा जित हात पारेको छ। नेकपा एमालेले दुई र एउटा वडा कांग्रेसले जितेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell