PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

बाराको निजगढ नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी



पहिलोपोस्ट

बाराको निजगढ नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

कलैयाः बाराको निजगढ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) विजयी भएको छ। एमालेका सुरथ पुरीले नौ हजार ४७५ मत ल्याई विजयी भएको निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले जानकारी दिए।

बरालका अनुसार निकटतम प्रतिद्वन्द्वी एवं निवर्तमान नगर प्रमुख नेपाली कांग्रेसका सुरेशकुमार खनालले आठ हजार ८२३ मत प्राप्त गरे।

त्यस्तै उपप्रमुखमा एमालेकै सोममया थिङ आठ हजार ६५९ मतसहित निर्वाचित भएकी छिन्। निकटतम प्रतिस्पर्धी रविराज दङ्गालले आठ हजार ५१८ मत मात्र प्राप्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell