PahiloPost

Feb 20, 2026 | ८ फागुन २०८२

विनयी त्रिवेणीको अध्यक्षमा एमालेका घनश्याम र उपाध्यक्षमा भगवती निर्वाचित



रासस

विनयी त्रिवेणीको अध्यक्षमा एमालेका घनश्याम र उपाध्यक्षमा भगवती निर्वाचित

नवलपुर : स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन्।

गाउँपालिकाको अध्यक्षमा घनश्याम गिरी निर्वाचित भएका हुन्। गिरीले सात हजार ६५८ मत प्राप्त गरी निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर जिसीले सात हजार ५५९ मत प्राप्त गरे। एमालेका गिरीसँग पराजित जिसी निवर्तमान गाउँपालिका अध्यक्ष हुन्।

त्यसैगरी, उपाध्यक्षमा एमालेकै भगवती बैदवार क्षेत्री निर्वाचित भएकी छन्। सात हजार ७६१ मत प्राप्त गरी उपाध्यक्षमा निर्वाचित भएकी क्षेत्रीकी प्रतिस्पर्धी कांग्रेसकी कला भुजेलले सात हजार ५८९ मत प्राप्त गरिन्।

सातवटा वडा रहेको विनयी त्रिवेणी गाउँपालिकामा बहुमत वडाध्यक्षसहित एमालेले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको हो।

विनयी त्रिवेणी गाउँपालिकामा चारवटा वडाध्यक्ष एमालेका उम्मेदवारले, दुईवटा वडाध्यक्ष नेपाली कांग्रेसका उम्मेदवारले र एउटा वडाध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले जितेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell