PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

बागलुङको जैमिनी नगर प्रमुखमा राजमो र उपप्रमुखमा कांग्रेस उम्मेदवार विजयी



पहिलोपोस्ट

बागलुङको जैमिनी नगर प्रमुखमा राजमो र उपप्रमुखमा कांग्रेस उम्मेदवार विजयी

बलेवाः बागलुङको जैमिनी नगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय जनमोर्चा र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ।

नगर प्रमुखमा राजमोका नरबहादुर पुन तथा उपप्रमुखमा कांग्रेसका हरिहर शर्मा विजयी भएका हुन्।

पुनले आठ हजार ७५५ तथा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लीलाबहादुर रानाले दुई हजार ८७३ मत प्राप्त गरे।

उपप्रमुखमा शर्माले नौ हजार १७३ तथा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उषा पौडेलले दुई हजार ६३६ मत प्राप्त गरिन्।

जैमिनीको १० वडामध्ये वडा नं १, २, ५, ७ र ८ मा  कांग्रेस, वडा नं ४ मा नेकपा (एकीकृत समाजवादी), वडा नं ६ मा नेकपा (माओवादी केन्द्र), वडा नं ९ एमाले तथा वडा नं ३ र १० मा राजमो विजयी भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell