PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

गोकर्णेश्वरको नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी



पहिलोपोस्ट

गोकर्णेश्वरको नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

काठमाडौँः गोकर्णेश्वर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका दिपक रिसाल विजयी भएका छन्। वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको सम्पन्न मतगणनामा रिसाल विजयी भएका हुन्।  नगर प्रमुख रिसालले नौ हजार ६९२ मत पाई विजयी भएको

नगर निर्वाचन अधिकृत रञ्जु गौतमले जानकारी दिइन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उद्धव विष्टले आठ हजार ५०४ मत पाए। उपप्रमुखमा भने एमालेकी सान्नानी लामा विजयी भएकी छिन। उनले आठ हजार ८०४ मत पाइन्। लामाकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शान्ति नेपालले आठ हजार ६७१ मत पाइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell