PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

ललितपुरमा चिरीबाबुको अग्रता दोब्बर, उपप्रमुखमा एमालेकी शाक्य अगाडि



पहिलोपोस्ट

ललितपुरमा चिरीबाबुको अग्रता दोब्बर, उपप्रमुखमा एमालेकी शाक्य अगाडि

ललितपुरः ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले) की मञ्जली शाक्यको अग्रता कायम छ। पछिल्लो विवरणअनुसार नेपाली कांग्रेसका उम्मेदवार महर्जनले १४ हजार २८५ र एमालेका हरिकृष्ण व्यञ्जनकारले सात हजार १२९ मत पाएका छन्।

उपप्रमुखमा एमालेकी उम्मेदवार शाक्यले सात हजार ३७७ मत र नेकपा (माओवादी) का बाबुराजा बज्राचार्यले चार हजार ७७५ मत पाएका छन्।

आठ वडाको वडाध्यक्षमा नेपाली चार कांग्रेस, दुईमा एकीकृत समाजवादी एक एमाले र एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। हाल वडा नं ९, १० र ११ को गणना जारी रहेको छ। महानगरपालिकामा २९ वडा रहेकामा हालसम्म आठ वडाको मात्रै परिणाम आएको छ। शुक्रबार मतदान भएकामा शनिबारबाट मतगणना सुरु भएको थियो। सुरुमा एक ठाउँमा मात्रै गणना भएकामा हाल तीन वडाको एकै पटक गणना भइरहेको छ। अन्तिम मत परिणाम आउन अझै केही दिन लाग्ने देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell