PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

काठमाडौं महानगरको उपप्रमुखमा सुनिता डंगोलको मतान्तर ११  हजार नाघ्यो



पहिलोपोस्ट

काठमाडौं महानगरको उपप्रमुखमा सुनिता डंगोलको मतान्तर ११  हजार नाघ्यो

काठमाडौं: काठमाडौं महानगरपालिकाको उपप्रमुख पदकी उम्मेदवार सुनिता डंगोलले आफ्नो मतान्तर बढाउँदै लगेकी छिन्। गणना बढेसँगै सुनिताले मतान्तर बढाउँदै गएकी छिन्।

उनी निकटतम प्रतिद्वन्द्वीभन्दा ११ हजार मतन्तरले अगाडि छिन्। साँझ ८ बजेसम्मको परिणाम अनुसार एमालेबाट उम्मेदवारी दिएकी सुनिताले १६ हजार २७६ मत ल्याएकी हुन्। प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले ५ हजार २३३ मतमात्र पाएका छन्।

सभा गृहको भवनमा भइरहेको मतगणनामा अहिलेसम्म ४५ हजारबढीको मतगना भइसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell