PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

चितवनको कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा एमाले विजयी



पहिलोपोस्ट

चितवनको कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा एमाले विजयी

चितवनः चितवनको कालिका नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन्।

प्रमुखमा एमालेका विनोद रेग्मीले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शिवराम केसीलाई १४३ मतान्तरले विजयी भएका हुन्।  

रेग्मीले १० हजार ७१४ मत प्राप्त गर्दा केसीले १० हजार ५७१ मत प्राप्त गरे।

यस्तै उपप्रमुखमा पनि एमालेकै बिमला लामाले १० हजार ४४० मत प्राप्त गरिन्। गठबन्धनबाट उपप्रमुखको उम्मेदवार बनेकी माओवादी केन्द्रकी सबिता लामाले नौ हजार ६७८ मत प्राप्त गरिन्। यस पालिकामा २४ हजार ३५० मत खसेको थियो। सो पालिकामा वडा नं १, ५, ६, ७ र १० मा कांग्रेस, वडा नं २, ४, ९ र ११ मा एमाले तथा वडा नं ३ र ८ मा माओवादी केन्द्र विजयी भयो।

इच्छाकामना गाउँपालिकामा पनि एमाले

जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्। पाँच दलीय गठबन्धनलाई पराजित गर्दै गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी भएको हो।

अध्यक्षमा एमालेका तर्फबाट दानबहादुर गुरुङले कांग्रेसकी गीताकुमारी गुरुङलाई एक हजार ५०२ मतान्तरले पराजित गरे। दानबहादुरले ६ हजार ११० मत प्राप्त गर्दा गठबन्धनकी गीता कुमारीले चार हजार ६०८ मत प्राप्त गरे।

यस्तै उपाध्यक्षमा एमालेकी माया सिलवाल विजयी भइन्। उनले गठबन्धनका प्रताप गुरुङलाई ३०० मतान्तरले पराजित गरिन्। सिलवालले पाँच हजार ३४४ तथा गुरुङले पाँच हजार ४४ मत प्राप्त गरिन्।

बाह्र हजार नौ मत खसेको यस पालिकामा वडा नम्बर २, ३, ४, ५ र ६ मा एमाले, वडा नं ७ मा कांग्रेस र वडा नं १ मा माओवादी केन्द्र विजयी भयो छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell