PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

लेखराजका भाइ गृह नगरमा पराजित, भट्टको वडा पनि कांग्रेसको पोल्टामा



पहिलोपोस्ट

लेखराजका भाइ गृह नगरमा पराजित, भट्टको वडा पनि कांग्रेसको पोल्टामा

कैलालीः नेकपा (एमाले) का सचिव लेखराज भट्टको गृह नगरमा एमालेले पराजय ब्यहोरेको छ। भट्टको गृह नगर गोदावरी नगरपालिकामा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार कांग्रेसका वीरेन्द्र भट्ट विजयी भएका हुन्। उपमेयरमा भने एमालेकी शारदा रोकाया विजयी भएकी छन्।

मेयरमा विजयी भट्टले १५ हजार ५०१ मत पाएकी छन् भने प्रतिद्वन्द्वी एमालेका गोकर्ण भट्टले ११ हजार २२४ मत मात्रै पाएका छन्।

यस्तै उपमेयरमा विजयी एमालेकी रोकायाले १० हजार ६७० मत ल्याएकी छन्। सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेकी एकीकृत समाजवादीकी रत्ना कडायतले ९ हजार ९८३ मत ल्याइन्।

गोदावरी एमालेका केन्द्रीय सचिव लेखराज भट्टको गृह नगर हो। एमालेबाट मेयरका उम्मेदवार रहेका गोकर्ण भट्ट लेखराजका भाइ हुन्। भट्टको गृह वडामा समेत कैग्रेसले जित निकालेको छ। उनको वडा गोदावरी १ मा कांग्रेसका गोपालदत्त भट्ट प्यानलसहित विजयी भएका हुन्। एक हजार ४७८ मत ल्याएर भट्ट विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान वडाध्यक्ष एमालेका शर्मानन्द भट्टले एक हजार ३९१ मत प्राप्त गरे।

कुल ५५ हजार ४९३ मतदाता रहेको गोदावरी नगरपालिकामा ३६ हजार ५६० मत खसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell