PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

सन्धिखर्क नगरपालिकामा एमालेका श्रेष्ठ विजयी



पहिलोपोस्ट

सन्धिखर्क नगरपालिकामा एमालेका श्रेष्ठ विजयी

अर्घाखाँचीः अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ।

नगर  प्रमुखमा कृष्णप्रसाद श्रेष्ठ ११ हजार ३९६ मतका साथ विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली  कांग्रेसकी शान्ता भण्डारीले नौ हजार ५३५ मत प्राप्त गरिन्।

२०७४ को स्थानीय तह निर्वाचनमा पनि श्रेष्ठ एमालेको तर्फबाट उम्मेदवार थिए। त्यसबेला उनी कांग्रेसका कमलप्रसाद भुसालसँग एक हजार १०३ मतले पराजित भएका थिए। उपप्रमुखमा एमालेकै मिश्रा आचार्य विजयी भएकी छन्। आचार्यले नौ हजार ६४६ मत प्राप्त गरिन्।

गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका राजेन्द्र भुसालले नौ हजार १६८ मत ल्याए।

सन्धिखर्कमा वडा नं १, ३, ४, ५, ८, ११ र १२ मा  कांग्रेस विजयी भएको छ भने वडा नं २, ६, ७ र ९ मा एमाले तथा वडा नं १० मा माओवादी केन्द्र विजयी भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell