PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

मकवानपुरको मनहरिमा सत्ता गठबन्धन विजयी, अघिल्लो पटकको विजेता एमाले चार सदस्यमा सीमित



रासस

मकवानपुरको मनहरिमा सत्ता गठबन्धन विजयी, अघिल्लो पटकको विजेता एमाले चार सदस्यमा सीमित

मकवानपुरः मकवानपुरको मनहरि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। बिहीबार सार्वजनिक मतपरिणामअनुसार गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रञ्जन कालाखेती र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की सीता पुलामी विजयी भएकी हुन्।

निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार अध्यक्षमा निर्वाचित कालाखेतीले निवर्तमान अध्यक्षसमेत रहेका एमालेका एकराज उप्रेतीलाई चार हजार ३४६ मतको फराकिलो अन्तरले पराजित गरे।

कालाखेतीले नौ हजार ३१६ मत प्राप्त गर्दा उप्रेतीले चार हजार ९७० मत प्राप्त गरे।

एमालेकी उम्मेदवार सुजिता थिङलाई एक हजार १६ मतान्तरले पराजित गर्दै माओवादी केन्द्रकी पुलामी पालिकाको उपाध्यक्ष निर्वाचित भएकी हुन्।

अघिल्लो निर्वाचनमा चार वटा वडामा प्यानलसहित पालिकाको अध्यक्ष, उपाध्यक्ष जितेको एमालेले यो निर्वाचनमा मनहरिमा जम्मा चार जना सदस्य मात्रै जित्न सफल भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell