PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

दोलखाको गौरीशंकर गाउँपालिकामा सत्ता गठबन्धन विजयी, एमाले एउटा वडामा सीमित



रासस

दोलखाको गौरीशंकर गाउँपालिकामा सत्ता गठबन्धन विजयी, एमाले एउटा वडामा सीमित

चरिकोटः दोलखाको गौरीशङ्कर गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ।

अध्यक्षमा विश्वास कार्की र उपाध्यक्षमा श्यामसुन्दर तामाङ निर्वाचित भएका हुन्। उनीहरुले एमालेका जङ्गबहादुर गुरुङ र मुना शिवाकोटीलाई पराजित गरेका हुन्।

चार हजार ७५१ मतसहित कार्की निर्वाचित भएका हुन्। एमालेका गुरुङले तीन हजार ७५७ मत प्राप्त गरे।

उपाध्यक्षमा तामाङले चार हजार ७४१ मत प्राप्त गर्दा प्रत्यासी शिवाकोटीले तीन हजार २८१ मत प्राप्त गरे। नौ वडा रहेको गौरीशङ्करमा एमालेले वडा नं ५ मा मात्र वडाध्यक्ष जितेको छ। वडा नं ४, ६ र ९ मा कांग्रेस तथा वडा नं १, २, ३, ७ र ८ मा माओवादी केन्द्र विजयी भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell