PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

घोराही उपमहानगरपालिकामा एमालेका चौधरी विजयी



पहिलोपोस्ट

घोराही उपमहानगरपालिकामा एमालेका चौधरी विजयी

काठमाडौं: दाङको घोराही उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका नरुलाल चौधरी निर्वाचित भएका छन्। उनले गठबन्धनका हेमराज शर्मा पोखरेललाई ५ हजार ३ सय ६० मतान्तरले हराउँदै मेयरमा निर्वाचित भएको हुन्।

चौधरीले ३१ हजार ७ सय २८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका पोखरेलले २६ हजार ३ सय ३८ मत प्राप्त गरे।

त्यस्तै उपमेयरमा हुमाकुमारी डिसीले ३० हजार ४०३ मत ल्याउँदै निर्वाचित भइन्। उनकी निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका भुपबहादुर डाँगी क्षेत्रीले ३० हजार ३५४ मत ल्याए।

वडा १,२,३,४,५,६,७,८,११,१२,१४,१७ र १८ वडामा एमालेले जित हात पार्दा कांग्रेसले १०, १३, १५,१६ र १९ मा जित हात पार्‍यो। त्यस्तै माओवादी केन्द्रले वडा ९ मा जित हात पार्‍यो।

उपमहानगरपालिकामा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकामा ७६ हजार ५२९ (६७.७६ प्रतिशत) मत खसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell