PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

बनेपाको मेयरमा कांग्रेसका शान्ति रत्न निर्वाचित, उपमेयर एमालेले जित्दा वडामा मिश्रित परिणाम



पहिलोपोस्ट

बनेपाको मेयरमा कांग्रेसका शान्ति रत्न निर्वाचित, उपमेयर एमालेले जित्दा वडामा मिश्रित परिणाम

काठमाडौं : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका शान्ति रत्न शाक्य निर्वाचित भएका छन्। नेकपा एमालेका रत्न कुश रंजितकारलाई पराजित गर्दै शाक्य विजयी भएका हुन्।

शाक्यले १३ हजार ७९३४ मत पाउँदा रंजितकारले ११ हजार ८३५ मत पाएका छन्।

उपप्रमुखमा भने नेकपा एमालेकी विमला सापकोटा दाहाल निर्वाचित भएकी छिन्। उनले ११ हजार ९९२ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका रगुबर चौ प्रधानले १० हजार ५१५ मतमात्र प्राप्त गरे।

१४ वटा वडामा ७ वटा वडामा एमालेले जित निलेको छ भने ६ वटामा कांग्रेस र एउटामा एकीकृत समाजवादीले जितेको छ।

वडा १ मा एमालेका कमल प्रसाद घिमिरे, वडा २ मा कांग्रेसका रामप्रसाद घिमिरे, वडा ३ मा कांग्रेसका रमेश दाहाल, वडा ४ मा एमालेका श्यामसुन्दर श्रेष्ठ, वडा ५ मा एमालेका बलराम अधिकार र वडा ६ मा नेकपा एकीकृत समाजवादीकी सचिता नन्द केसी निर्वाचित भएका छन्।

यस्तै, वडा ७ मा कांग्रेसका हिटलर शाक्य, वडा ८ मा कांग्रेसकै शुभलक्ष्मी मानन्धर, वडा ९ मा नृपेश वादे, वडा १० मा एमालेका चन्द्र बहादुर खड्का, वडा ११ मा एमालेकै शिव कुमार थापा, वडा १२ मा एमालेका रामबहादुर कुँवर, वडा १३ मा रामलाल दुवाल निर्वित भएका छन्। वडा १४ मा भने नेपाली कांग्रेसका टुल्लु लामा निर्वाचित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell