PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

चौकुनेमा कांग्रेस-माओवादी गठबन्धन विजयी



पहिलोपोस्ट

चौकुनेमा कांग्रेस-माओवादी गठबन्धन विजयी

सुर्खेत : नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच चुनावी गठबन्धन रहेको सुर्खेतको चौकुने गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका खड्ग विक र उपाध्यक्षमा कांग्रेसका नर बहादुर बान्तोला विजयी भएका छन्।

विक ५ हजार ४७६ मत सहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरि अधिकारीले तीन हजार ४१४ मत मात्र प्राप्त गरे। अध्यक्ष पदका अर्का उम्मेदवार एकीकृत समाजवादीका रत्ना कुमारी बिसीले २९१ मत प्राप्त गरेकी छिन्।

उपाध्यक्षमा नेपाली कांग्रेसका नर बहादुर बान्तोला ४ हजार ७९१ मतसहित विजयी भएका हुन्। निवर्तमान उपाध्यक्ष समेत रहेकी एमालेकी निर्मला राना मगरले ३ हजार ९ मत मात्रै पाइन्। यस्तै एकीकृत समाजवादीका नारा प्रसाद देवकोटाले ७१५ मत प्राप्त गरेका छन्। 

२०७४ सालको निर्वाचनमा एमालेले अध्यक्ष, उपाध्यक्ष सहित पालिकामा कब्जा जमाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell