जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार मेयर र उपमेयरमा निर्वाचित भएका छन्।
मेयरमा बालेश्वर मण्डल निर्वाचित भएका हुन्। उनले ४ हजार ७१८ मत ल्याउँदा उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेका योग कुमार यादवले ४ हजार १७९ मत ल्याएका छन्।
यस्तै, उपमेयरमा कांग्रेसकै विधादेवी भुजेल निर्वाचित भएकी छिन्। उनले ४ हजार १२५ मत ल्याउँदा निकटतम प्रतिद्वन्दी एमालेकी शान्ति देवी सुडीन ३ हजार ६०३ मत ल्याइन्।