PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

धनुषाको कमला नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवार निर्वाचित



पहिलोपोस्ट

धनुषाको कमला नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवार निर्वाचित

जनकपुरधाम : धनुषाको कमला नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। मेयरमा विशेश्वर यादव ३ हजार ८८७ मत ल्याएर निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका पशुपति यादवले २ हजार ८५९ मत ल्याए।

यस्तै, उपमेयरमा शिला देवी मण्डल निर्वाचित भएकी छन्। उनले ३ हजार ८८७ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)की सरस्वती सिन्हा कुशवाहाले २ हजार ७६६ मत ल्याइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell