
काठमाडौं : भरतपुर महानगरपालिका प्रमुख पदकी उम्मेदवार रेनु दाहालले तीन हजार १२६ मतले अग्रता लिएकी छिन्। महानगरपालिकामा ४० हजार ९६३ मतगणना हुँदा दाहालले अग्रतालाई फराकिलो बनाउँदै लगेकी हुन्।
दाहालले १५ हजार ५१३ मत प्राप्त गर्दा नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार विजय सुवेदीले १२ हजार ३८७ मत प्राप्त गरेका छन्। यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ४०३ मत प्राप्त गरेका छन्।
उपप्रमुखमा गठबन्धनबाटै कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार ९७० मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की हिमला गुरुङले ९ हजार ९६१ मत प्राप्त गरेका छन्।
भरतपुर महानगरमा वडा नं १, २, ४, ५, ६ र ८ गठबन्धनबाट कांग्रेसका, ७ मा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार र ३ मा एमालेका उम्मेदवार विजयी भएका छन्। हाल वडा नं ९ र १० को गणना भइरहेको छ। भरतपुर महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको छ।