
जनकपुरधाम : धनुषाको शहीदनगर नगरपालिकामा जनता समाजवादी पार्टीका मेयरमा र नेपाली कांग्रेसका उपमेयरमा निर्वाचित भएका छन्। मेयरमा जसपाका दिनेश प्रसाद यादब निर्वाचित भएका हुन्।
उनले ५ हजार ७४३ मत प्राप्त गरेका हुन् भने उनको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुधिर कुमार गोईत ४ हजार १०५ मत प्राप्त गरेका हुन्। यस्तै, नगरपालिकाका निवर्तमान मेयर माओवादी केन्द्रका उदय कुमार यादव ४ हजार ७७ मत ल्याए।
यस्तै, उपमेयरमा कांग्रेसकी सुनिता कुमारी सिंह निर्वाचित भएकी छन्। उनले ४ हजार ९३१ मत ल्याइन् भने उनको निकटतम प्रतिद्वन्दी जसपाकी लक्ष्मिनिया कुमारी मण्डलले ४ हजार ७९१ मत ल्याइन्।