PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेपालले युगाण्डालाई दियो १ सय रनको लक्ष्य, ज्योति चुकिन् अर्धशतकबाट



पहिलोपोस्ट

नेपालले युगाण्डालाई दियो १ सय रनको लक्ष्य, ज्योति चुकिन् अर्धशतकबाट
तस्बिर: क्यान

काठमाडौं: नेपाल र युगाण्डाबीच जारी टी २० सिरिजको तेस्रो खेलमा नेपालले युगाण्डालाई १ सय रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९९ रन बनाएको थियो।

नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४७ रन बनाउँदा अर्धशतक बनाउनबाट चुकिन्। त्यस्तै  कप्तान रुबिना क्षेत्रीले अविजित १८ तथा सीता राना मगरले १२ रनको योगदान दिए।

बलिङतर्फ फिओना कुलुमे, कोन्सी अवेको र सारह अकितएङले समान २ विकेट लिँदा जेनेट एम्बाजी र रिता मुसामालीले समान १ विकेट लिए।

युगाण्डा केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।

सिरिजको उपाधि होडमा कायम रहन नेपाललाई जित आवश्यक छ। यसअघिका दुबै खेलमा युगाण्डाले नेपाललाई हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell