PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

दाङका ९ पालिकाको नतिजा सार्वजनिक : कांग्रेस ५, माओवादी ३ र एमाले १ पालिकामा विजयी



पहिलोपोस्ट

दाङका ९ पालिकाको नतिजा सार्वजनिक : कांग्रेस ५, माओवादी ३ र एमाले १ पालिकामा विजयी

बुटवल : १० स्थानिय तह रहेको दाङमा अहिलेसम्म ९ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ। जसअनुसार नेपाली कांग्रेसले ५ पालिकामा प्रमुख-उपप्रमुख तथा अन्य २ पालिकामा उपप्रमुख जितेको छ।

माओवादी केन्द्रले भने ३ पालिकामा प्रमुख जितेको छ। नेकपा एमालेले एक पालिकाको प्रमुख र २ वटा पालिकामा उपप्रमुख जितेको छ।

नेपाली कांग्रेसले जिल्लाको बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिका, राजपुर गाउँपालिका र लमही नगरपालिकामा प्रमुखमा विजयी भएको छ भने माओवादी केन्द्र बंगलाचुली गाउँपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकामा भएको छ।

त्यसैगरि, नेकपा एमाले घोराही उपमहानगरपालिकाको प्रमुख-उपप्रमुख र राप्ती गाउँपालिकामा उपप्रमुखमा विजयी भएको छ। बाँकी तुलसीपुर उपमानगरपालिकामा भने मतगणना भइरहेको छ।

यहाँ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले अग्रता लिएको छ। पछिल्लो मतपरिणाम अनुसार गठबन्धनका तर्फबाट नगरप्रमुखमा कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले ४ हजार ६१३ मत ल्याउँदा एमालेका उम्मेदवार टीकाराम खड्काले ४ हजार ४०३ मत प्राप्त गरेका छन्।

त्यस्तै उपप्रमुखमा भने एमालेका स्यानी चौधरीले अग्रता लिएकी छिन्।  चौधरीले ४ हजार २२६ मत ल्याउँदा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका जोगबहादुर रानाले ३ हजार ७३८ मत प्राप्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell