
जनकपुरधाम : स्थानीय तह निर्वाचन नजिकिएसँगै सर्लाही क्षेत्र नं. ४ (ख)बाट निर्वाचित भएका उपेन्द्र प्रसाद कुशवाहाले राजीनामा दिए।सर्लाहीको गोडैता नगरपालिकाको मेयरमा लड्नका उनल प्रदेश सांसद पदबाट राजीनामा दिएका थिए। त्यसबेला उनी नेपाली कांग्रेसका प्रमुख सचेतक समेत थिए।
जित्ने आधार तय भएको भन्दै प्रदेशसभा छाडेका उनी स्थानीय तह निर्वाचनमा पराजित भएका छन्। बिहीबार गौडैताको मत गणना सम्पन्न भएपछि आएको मतपरिणाम अनुसार उनी दोस्रो नम्बरमै सीमित भएका हुन्।
कुशवाहा लोकतान्त्रिक समाजवादी पार्टीका मेयर उम्मेदवार देवेन्द्र कुमार यादवसँग ५४२ मतले पराजित भएका छन्। यादव ५ हजार २९४ मत ल्याएर निर्वाचित भएका हुन् भने कुशवाहाले ४ हजार ७४२ मत ल्याएका छन्।